काठमाडौं–विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको शंकास्पद मृत्यु भएको छ ।
उनी आइतबार जलेको अवस्थामा केटाको घरमा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।
प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।
प्रहरीका अनुसार शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्दार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्याइएको थियो ।
सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १२:२२