एजेन्सी– सोमबार लन्डनमा भएको ब्रिटिश फेसन अवार्ड २०२२ मा विश्वभरका मोडल तथा सेलिब्रेटीहरू रेड कार्पेटमा देखिएका थिए । रोयल अल्बर्ट हलमा भएको यस समारोहमा मोडलहरु निकै फेसनेवल पहिरणमा प्रस्तुत भएका थिए ।
चर्चित मोडलहरु जीजी हदिद, लिला मोस, नोमी क्यामबेल, फ्लोरेन्स पग, रिटा ओरा र बेला हदीद सहित अन्य थुप्रै सेलिब्रेटीहरुले सहभागी जनाएको उक्त सो मा ‘मोडल अफ द इयर’को अवार्ड भन्ने मोडल बेला हदिदले जितिन् ।
फेसन कम्पनी वेल्स बोनरलाई रोयल अल्बर्ट हलमा स्वतन्त्र ब्रिटिश ब्रान्ड अवार्ड प्रदान गरिएको थियो र भ्यालेन्टिनो डिजाइनर पियरपाओलो पिचियोलीलाई वर्षको डिजाइनरको अवार्ड दिइएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १३:००