एजेन्सी– कतारको स्टेडियम ९७४ मा विश्वकपको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियाविरुद्धको जितपछि ब्राजिल टोलीका सदस्यहरूले पेलेको ब्यानर अनावरण गरे।
८२ वर्षीय पेले श्वासप्रश्वासको संक्रमणको उपचारका लागि ब्राजिल अस्पतालमा भर्ना भएका छने भने उनले टेलिभिजनमा खेल हेर्न बताएका थिए । पेलेले इन्स्टाग्राममा आफ्नो उपचार सामान्य रूपमा जारी रहेको जानकारी दिएका छन् ।
दक्षिण कोरियालाई ४–१ ले हराउँदै ब्राजिल सोमबार विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १३:२०