काठमाडौं– उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंको थापाथालीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन माग गर्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।
नक्कली सुकुम्बासीहरूले जग्गा कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न समितिले माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
कथित सुकुम्बासीको घर टहरा हटाएर राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १४:०९