नमस्कार शाह
नेपालगञ्ज-नेपाली समाजमा अझैपनी धार्मिक र जातिय भेदभावको अन्त्य भईसकेकोछैन । २१ औं शताव्दि सम्म पूगिसक्दा पनि समाज अन्र्तजातिय र अन्र्तधार्मिक विवाह स्वीकार गर्न तयार छैन । सामाजिक मान्यता, चलन, संस्कार आदिका कारणले अन्तरजातिय तथा अन्तरधार्मिक बिबाह समाजमा अझैं सामान्य भईसकेको छैन । यहि बैबाहिक कारणले पनि समाजमा कहिलेकाहिँ सामाजिक सदभाव खल्बलिने गरेको छ भने कहिले काहिँ यस्तै अन्तरजातिय र अन्तरधार्मिक बिबाहले समाजलाई जोड्ने काम गर्दछ, समाजमा सदभाव कायम गर्न मद्धत गर्दछ ।
समाजमा सामाजिक सदभाव कायम गराउनका लागि सरकारी तथा गैरसरकारी तवरबाट बिभिन्न प्रयासहरु पनि भईरहेका छन् । यहि सन्दर्भमा यु.एन.डी.पी.को सहयोगमा बास नेपालगञ्जले बाँकेको राप्तिपारीका छ वटा गा.वि.स. क्रमसः बैजापुर, विनौना, फत्तेपुर, गंगापुर, मटेहिया र कटकुइयाँ मा सामाजिक सद्भावका लागि लोकतान्त्रिक सहभागिता परियोजना सन्चालन गरेको छ । जस अन्र्तगत बासले कट्कुईयाँ गाविसमा आयोजना गरेका बिभिन्न गतिबिधिहरुमा सहभागिता जनाउने मध्येकि एक थिईन् —कटकुइयाँ गा.बि.स. वडा नम्बर ८ शुईयाँकी विजुला के.सि. । जो आफै सामाजिक सदभावका लागि उदाहरणिय व्यक्ति रहिछन् । जसको उपस्थितीले बिबिध कार्यक्रमहरुमा सामाजिक सदभावका बिषयमा छलफल गर्न सहज भएको थियो । उनको अनुभवले सामाजिक सदभावका लागि उत्प्रेरणा प्रदान गर्ने काम भएको थियो ।
बिजुला नेपालको मध्यपश्चिममाञ्चल विकास क्षेत्रको पहाडी जिल्ला जाजरकोटमा जन्मिएकी हुर्किएकी र त्यहीं विवाह गरेकी उनी अहिले बाँके जिल्लाको बिकट क्षेत्र राप्तिपारीको बघौडा भनिने मधेसीहरुको बाहुल्यता कटकुईयाँमा आफ्नो जीवनयापन खुशी साथ विताई रहेकी छिन् । नेपाल प्रहरीमा कार्यरत एकजना व्यक्ति संग विहे गरेकी उनी अहिले मुस्लिम धर्मावलम्बि तावु मास्टरसंग दोश्रो विहे गरेर बसेकी छिन् । २९ बर्ष पहिले आफ्नी २ बर्षिया छोरी मिना के.सी.लाई लिएर मास्टरसंग उनले दोश्रो विहे गरेकी थिईन् । मास्टरसंग विहे गर्नुभन्दा पहिले उनी संग एक छोरा र एक छोरी थिए । पहिलेको श्रीमानले मदिरा सेवन गरेर नियमितरुपमा शारीरिक तथा मानसिक तनाव दिने गरेकाले मास्टरसंग विहे गरी नयाँ जीवनको सुरुवात गरेको उनले बताइन् । आफु बिहे गरेर आएको केही समय पछी छोराले आफुलाई खोज्दै आएर अहिले आफुसंगै बसेको उनको भनाई छ । उनी आफु मास्टरकी कान्छी श्रीमती भएको बताइन् । यसबाट प्रश्ट हुन्छ, दुबैको बिहे दोश्रो बिहे हो । उनले भनिन— मास्टर संग बिहे गरेर आउँदा शुरुमा स्थानीय महिलाहरुले मलाई देख्दा मुख छोपेर हिँड्ने, मलाई हेला गर्ने र होच्याउने गर्थे । अहिले आएर म बाट धेरै कुरा सिकेका छन । पहिले समुदायका महिला बाहिर आउँथेनन् मैले पसल सञ्चालन गरी राम्रो आयआर्जन गरेको देख्दा उनिहरुलाई प्रेरणा मिलेको छ । समुदायका महिलाहरु अहिले बाहिर खुलेर आउने गरेको महसुस गरेकि छु —उनले भनिन् —म हिन्दु परीवारमा जन्मे र हुर्केको मान्छे मुस्लिम संग विहे गरेकी छु । तर म स्वतन्त्र छु, मलाई कुनै रोकतोक छैन । हिन्दु धर्मावलम्विको चाडबाडमा सबै परीवार मिलेर मनाउछौं, अनि इस्लामिक धर्मावल्बिहरुको चाडबाडमा पनि सपरीवार मिलेर चाडपर्व मनाउने गर्छाै ।
मलाई सुरुमा मुस्लिम महिलाहरुले लगाउने पहिरन बुर्का लगाउन परिवारका सदस्यहरुले दबाव दिएका थिए तर मैले लगाउन मानेन । श्रीमान बुझ्ने र मलाई माया गर्ने हुनाले कसैले केही भन्ने आँट गरेन । यदी श्रीमान श्रीमती एक भएमा समाजले जती नानाथरी गरेपनी पछी गएर स्विकार गर्ने मेरो अनुभव छ —बिजुलाले भनिन्— मेरो श्रीमानले कपडा सिलाउने पसल चलाउनु भएको छ । मैले विहे गरे पछी घरको आर्थिक तथा सामाजिक रुपमा श्रीमानको मानप्रतिष्ठा बढेको छ ।
आफूले मुस्लिमसंग बिहे गरेपनी छोरीलाई पहाडीसंग विहे गरिदिने सोच बनाएकि उनकी छोरीको बिहे पनि मुस्लिम परीवारमानै भयो । उनकी छोरीको एउटा बच्चा छ । छोरीको श्रीमान बिदेश छन् । सामाजिक सदभावका लागि लोकतान्त्र्रिक सहभागीता कार्यक्रमले मलाई अझ समाजमा खुलेर बाँच्न प्रेरणा दिएको छ —के.सी. भन्छिन् —सामाजिक सदभाव कार्यक्रम सुरु भए पश्चात मैले अरुलाई समेत अन्र्तधार्मिक बिवाह र सामाजिक सदभावका बारेमा जनचेतना फैलाउँदै हिँडिरहेकि छुँ । बिजुलाको यो कार्यले समाजमा प्रेरणा र चेतना प्रदान गरिरहेको
छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३ १७:४६