काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको
छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ ।
आयोगका अनुसार नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतका साथ पहिलो स्थानमा छ । नेपाली कांग्रेसले २७ लाख १५
हजार २२५ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले चार लाख २१ हजार ३१३, जनमत पार्टीले तीन लाख ९४ हजार ६०५ तथा नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८, हाम्रो नेपाली पार्टीले ५५ हजार ७४३, मंगोल नेसनल अर्गनाइजेसनले ४९ हजार र राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार मंगलबार रातभरमा समानुपातिकतर्फको मतगणना सकिनेछ । मतगणना सकिएसँगै आयोगले दलहरूले
पाएको मतका आधारमा सिट बाँडफाँट गर्नेछ । समानुपातिकतर्फ सातवटा दलले मात्र ‘थ्रेस होल्ड’ कटाउने भएको
छ ।
प्राप्त मतअनुसार समानुपातिकबाट निर्वाचित हुने कूल ११० सिटमध्ये एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले सात, जसपा र जनमत पार्टीले पाँच–पाँच सिट पाउने आकलन गरिएको छ । उक्त सिटमा दलहरूले आयोगमा बुझाएको बन्दसूचीबाट आयोगले नाम छनोट गर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ ०९:१५