काठमाडौं –आज भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयोग गठन गरेको हो ।
भ्रष्टाचारविरूद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गिकार गरिएको छ ।
नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।
भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेको छ ।
यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएको छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ १५:५०