काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम पश्चात् यस इन्स्योरेन्सले इटहरी स्थित Sunshine Medical & Diagnosis Center र बिराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरेको छ ।
कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।
यो भन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजरुसँग संझौता गरि मेटिकल चेक अफलाई सहज बनाउनमा ठूलो सहयोग गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १६:०५