काठमाडौं - चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -२०७९ भव्य रुपमा शुरु भएको छ।
काठमाडौं दरबारमार्गमा रहेको राइजिङ मलमा शुक्रबार चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -२०७९ भव्य रुपमा शुरु भएको हाे ।
चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रमुख अथितिका रूपमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसी र नेपालकी प्रथम महिला अभिनेत्री भुवन चन्दको उपस्थिति थियाे ।
त्यसैगरी, नेपालको पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तर्राष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का विशेष अतिथिहरु पनि समारोहमा उपस्थित थिए ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्र का अध्यक्ष सन्तोष सुवेदीले सभाको अध्यक्षता गरेका थिए । महोत्सबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशकहरुको उपस्थिति थियो।
महोत्सवमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्रलाई प्रवर्धन गर्न महोत्सवको भूमिका रहने र आफू पनि नेपाली चलचित्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, कलाकारहरु भुवन चन्द र वसुन्धरा भुसालले पनि महोत्सवको सफलताको कामनासहित शुभकामना व्यक्त गरेकाे थियो। समारोहमा ३४ राष्ट्रका सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १६:१७