काठमाडौं– कतारमा जापर फिफा विश्वकप फुटवलमा क्वाटर फाइनलमा नेदरल्याण्ड्सलाई सहज रुपले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलनको यात्रा तयार गरेको छ ।
खेल समय ९० मिनेट मा बराबरी खेलेपछि थपिएको ३० मिनेटमा दुवै टिमबाट २ २ गोल भएको थियो । खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट अर्जेन्टिनाले सहज खेल जित निकालेको हो। अर्जेन्टिनाले दुई पेनाल्टी रोकेर सेमिफाइनलको यात्रा तयार गरेको हो ।
खेलको सुरुवातदेखि नै अर्जेन्टिनाले राम्रो खेल प्रदर्शन गरेको थियो । खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मोलिना गत वर्ष मात्र राष्ट्रिय टिममा डेब्यु गरेका हुन । मेसीले पेनाल्टीमा दोस्रो हाफको ६३ औं मिनेटमा अर्जेन्टिनाले गोल थप्यो ।
दुई गोलले पछि परेको नेदरल्याण्ड्सका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गरे । ९० मिनेटको खेलपछि थपिएको १० मिनेटको इन्जुरी टाइममा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रिकिक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १०:१७