काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।
साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको थियो । यस्तै, सोमबार पनि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेर बुधबार समेत स्थिर रहेको थियो । बिहीबार सामान्य उकालो लागेको सुनको भाउ शुक्रबार एकै दिन ६०० रुपैयाँले बढेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १३:००