काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ६ गाविस रोडमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँशाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।