एजेन्सी - संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे डब्लुटीओले गरेकाे निर्णय चीनलाई मन परेकाे छ ।
संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) को निर्णयको प्रशंसा गरेको छ ।
बाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भनेका छन् । अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टील र आल्मुनियममा कर लगाएको छ ।
यस्ता कार्यहरू सारमा एकपक्षीयवाद र संरक्षणवादको अभ्यास हुन् र यसले डब्लुटीओका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पु¥याएको छ । यी कदमहरूको डब्लुटीओका धेरै सदस्यराष्ट्रहरूले विरोध गरिरहेका छन् भने अमेरिकाभित्र पनि यसको व्यापक आलोचना गरिएको छ ।
उनले भने “यसले के देखाएको छ भने विश्व व्यापार सगंठनको सुरक्षा अपवादका धाराहरू एकपक्षीयवाद र संरक्षणवादका लागि ‘आश्रयस्थल’ होइनन् । अमेरिकी पक्षले विश्व व्यापार सङ्गठनको विशेषज्ञ समितिको निर्णयको सम्मान गर्नेछ र विश्व व्यापार सङ्गठनको नियमहरूको पालना गर्नेछ, जतिसक्दो चाँडो आफ्ना गलत कामहरू सच्याउनेछ र बहुपक्षीय व्यापार प्रणालीको संयुक्त रूपमा रक्षा गर्न चीन र डब्ल्यूटीओका अन्य सदस्यहरूसँग मिलेर काम गर्नेछ ।”
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ ०९:५९