काठमाडौं –राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावलीमा निर्वाचन आयोगले छानबिन थालेको छ । यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ वा छैन भनेर आयोगले रूजु गर्न लागेको हो ।
दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो । क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुनः दलहरूलाई पत्राचार गर्दैछ ।
समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ । उनीहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १०:४७