काठमाडौं–बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित सोही उपमहानगरपालिका–१७ नदैगाउँ बस्ने २५ वर्षीय पुष्ष रैदाशलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका–५ बैजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ५ सय १० मिलिग्राम सहित भारत बस्ने ५५ वर्षीय शेर सिहं समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हसुलियाबाट समेत खटिएको प्रहरीले युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय पंकज पन्तलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ८६९१ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक पन्तलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका– ३ जनज्योति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका-४ बस्ने ३८ वर्षीय अनिल सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ भरतपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका पुरानो बसपार्क बस्ने २३ वर्षीय दिपेन्द्र रोका र सोही उपमहानगरपालिका रतनपुर बस्ने २२ वर्षीय अशोक खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई १ सय २० मिलिग्राम र नगद १ हजार रूपैयाँ तथा अशोकलाई ३ ग्राम ९ सय ६० मिलिग्राम र नगद ८ हजार ४० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका–१ ढुन्ढुने बस्ने ५८ वर्षीय वीर बहादुर ऐरलाई अवैध लागूऔषध चरेश ६ केजी ५ सय ४० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले संचालन गरेको किराना तथा चिया पसल र घरमा लागूऔषध चरेश लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले पसल र घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, पर्सा गाउँपालिका–१ सितलपुरबाट अवैध लागूऔषध गाँजा करिब १० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ ।
सिमा प्रहरी चौकी संग्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एस ११२४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकलमा रहेको प्लाष्टिकले बेरेको कार्टुनमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १२:१७