एजेन्सी– शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । ऊर्जा प्रदायक संरचनामाथि रुसी आक्रमण भएपछि बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको न्यूज एजेन्सी अल जजीराले उल्लेख गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन् ।
युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो । अधिकारीका अनुसार शनिबार बिहानको समयमा रूसी आक्रमणले महत्त्वपूर्ण प्रसारण लाइन र मेसिनरीलाई प्रहार गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १५:२८