काठमाडाैं - मोबाइल बैंकिङबाट काराेबार गर्दा क्यास ब्याककाे अफर ल्याएकाे छ । हिमालयन बैंक लिमिटेडले Department Store मा नेपाल क्लियरिङ्ग हाउस द्वारा प्रवद्र्घित NEPALPAY QRमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हाे ।
हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच QRमार्फत भुक्तानी गर्न सम्झौता भएकाे छ ।
साे अनुसार ग्राहकहरुले SalesBerry Department Storeमा मोबाइल बैंकिङ, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै NEPALPAY QR सुबिधा भएको मोबाइल बैंकिङबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्म) क्यास ब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याकको अफर नेपाल भरिका SalesBerry Department Store का शाखाहरुमा मंसिर २५, २०७९ देखि पौष ३०, २०७९ गते सम्म उपलब्ध हुने जनाइएकाे छ ।
देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन प्रदान गर्ने बैंकको विश्वास रहेकाे छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १७:५४