एएनआई - हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा सपथ लिएको छ ।
शपथ ग्रहण समारोह आइतबार १ः३० बजे शिमलास्थित राजभवनमा भएको हो ।
गान्धी परिवारका वफादार ५८ बर्षीय सुखु चार पटक विधायक निर्वाचित हुनुभएका राज्यमा काङ्ग्र्रेसका पूर्व प्रमुख हुन् ।
सुखु एक मिलनसार र पहुँचयोग्य नेताको रूपमा चिनिन्ुह्ुनछ । सङ्गठनमा आफ्नो लामो समयको त्यागको कारण उहाँको भारतको पहाडी राज्य हिमाचलमा एक विशाल सञ्जाल छ ।
वर्षौंदेखि पुरानो पार्टीसँगको सम्बन्धका कारण उनीसँग राज्यमा व्यापक साङ्गठनिक अनुभव पनि रहेकाे छ । उनी सन् २०१३ देखि २०१९ सम्म पार्टीको प्रदेश एकाइ अध्यक्ष भएका थिए ।
मध्यमवर्गीय परिवारका उनी हिमाञ्चलबाट तल्लो तहको राजनीति हुँदै शीर्ष पदमा पुग्ने पहिलो काङ्ग्रेस नेता भएका छन् । राज्यमा भएको विधानसभा चुनावमा हमाचलबाट काङ्ग्रेसले ४० सिट जितेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १८:३४