काठमाडौं -नेपाल बजारमा सोमबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९९ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ ११:४१