काठमाडौ –नेपाली कांग्रेसका महामन्त्री गगन थापा एवं प्रतिनिधिसभा सांसद्ले सरकारले ल्याउन लागेको राजनीतिक अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् ।
थापाले सोमबार सामाजिक सञ्जालमार्फत सरकारले अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक–पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ । न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।’
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १५:२१