काठमाडाैं - सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०७८/७९ को कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको बैंकले जनाएकाे हो।
यसअघि लक्ष्मी बैंकले पनि गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १७:०८