काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकमा रहेका नागरिकको अधिकारलाई बन्देज गर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र गैरसरकारी संस्था महासंघले मंगलबार आयोजना गरेको अन्तक्र्रियामा उनले नेपालका राजनीतिक परिर्वतनमा नागरिकको सक्रिय भूमिका रहेको हुँदा नागरिककै अधिकार कटौती गर्ने विधयेक मान्य नभएको बताए । उक्त विधेयकको कतिपय प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने व्यवस्था संशोधन गर्नुपर्ने र संशोधन नगरे महासंघ पछि नहट्ने उनको भनाइ थियो ।
नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारले विधेयक ल्याउँदा सम्बन्धित सरोकारवालासँग संवाद र सहकार्य गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिए । कानून आवश्यक भएको तर नागरिको अधिकार कटौती हुने कानून मान्य नहुने भन्दै उनले विधेयकमा सरकारले सूचना प्रविधि अदालत गठन गर्ने प्रावधान नेपालको संविधानविपरीत भएको बताए ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ०७:४०