काठमाडाैं - काठमाडाैं उपत्यकामा चिसो बढेको छ । - काठमाडाैं उपत्यकासँगै देशभर चिसो बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
काठमाडाैं उपत्यकाकाे बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । आज पश्चिम तथा मध्य तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो पनि लागेको थियो ।
तर तराईमा केही दिनदेखि बिहान लाग्ने गरेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमिक रूपमा हट्ने गरेको छ ।आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।
तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेकाे छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ ०९:३१