काठमाडाैं - बाध्यताको भुमरीमा रुमलिएका असंख्य नेपालीको युरोपको कथा बजारमा आएकाे छ ।
सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे.बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्वजनिक गरेका हुन् ।
उक्त गीत "युरोपको कथा" बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्वजनिक गरेका थिए ।
भर्खरै सार्वजनिक गरिएको गीतमा जे.बि ले बाध्यता र विवसताबाट परदेशिएका अशंख्य नेपालीहरुको जिवन कथालाई समावेस गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिवन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ ।
जे.बि ओलीको लय शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ ।
सार्वजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल "युरोपको कथा" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुने भने छायांकन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई जे.बि ओली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/watch?v=KQWmz1mjQnc
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ ०९:३८