काठमाडौं–नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ ११:०१