डोटी–प्रहरी तथा स्थानीयवासीको सहयोगमा तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।
सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको–३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौंमा १४ गोठ भत्काइएको थियो । रासस
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ०७:४८