बाँके- बाँकेको राप्तीपारिमा हुने शैक्षीक गतिविधिहरुमा सरोकारवाला निकायको चाँसो नहुने गरेको गुनासो गरिएको छ । शिक्षासँग सम्बन्धित गतिबिधिहरुमा तालुक कार्यालय शिक्षा कार्यालयका प्रतिनिधिहरुको उपस्थिती नहुँदा शैक्षिक गुणस्तरमा समस्या आएको बताईएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोग तथा बास नेपालगञ्जद्धारा संचालित नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत गंगापुरमा सम्पन्न सदाचार प्रबद्र्धनमा शिक्षकहरुको भुमिका बिषयक छलफल कार्यक्रमका सहभागी शिक्षकहरुले उक्त गुनासो गरेका हुन् । सहभागीहरुले बिद्यालयका भेलाहरु जस्ता महत्वपूर्ण भेलाहरुमा बिद्यालय निरिक्षक, श्रोत ब्यक्ति समेत उपस्थित नहुँदा अभिभावकहरुमा सचेतनाको कमी आएको उनीहरुको भनाई रहेको थियो ।
छलफल कार्यक्रममा बोल्दै जय किसान मा.बि.का प्रधानाध्यापक लक्ष्मण प्रसाद तिवारीले जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुको अनुपस्थितीले शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई निारश बनाएको बताए । उनले जिल्ला शिक्षा कार्यालयबाट अनुगमन हुनुपर्ने बताए । महेन्द्र माबि मटेहीयाका प्रधानाध्यापक पेशकार सिंहले बिद्यालयका बिद्यार्थीहरुलाई नैतीकबान बनाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताए । शिक्षकहरु भित्र पनि केही समस्या रहेको भन्दै सिहले सबैले अधिकार सँगै कर्तब्यलाई समेत भुल्न नहुने बताए । छलफलमा बोल्दै महेन्द्र माबिका सामाजिक शिक्षक मकबुल अहमद मुकेरीले बिद्यार्थीलाई सदाचार बन्न बिद्यालयसँगै पारिवारीक भुमिका पनि आवश्यक रहेको भन्दै अभिभावक शिक्षामा जोड दिए । यसैगरी जय किसान माबिका सामाजिक शिक्षक तिरथ राम मौर्यले बिद्यार्थीहरुलाई नैतीक शिक्षा तथा भ्रष्टाचार बिरुद्धको बारेमा जानकारी दिईरहेको बताए । अर्का सामाजिक शिक्षक प्रेम चन्द्र मौर्यले पछिल्लो समय नैतीकता हराउदै गएको भन्दै त्यसका लागि अभिभावक शिक्षामा जोड दिन जरुरी रहेको बताए ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको छलफल कार्यक्रममा नैतीक शिक्षा, सदाचार, भ्रष्टाचारको अवस्था तथा शिक्षकहरुले गर्न सक्ने कामहरुका बारेमा बासका कार्यक्रम अधिकृत हेमराज भट्टले जानकारी गराएका थिए । कार्यक्रममा १५ जना शिक्षकहरुको सहभागीता रहेको थियो । परियोजना अन्तरगत बासले बिद्यालयका शिक्षकहरु, अभिभावकहरु, ब्यवस्थापन समितिका पदाधीकारीहरु तथा बिद्यार्थीहरु सँग सदाचार तथा नैतीक शिक्षाका बारेमा छलफलहरु गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३ १७:४३