काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १२:१३