एजेन्सी– भारी वर्षाका कारण कङ्गोमा बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको जानकारी दिएका हुन् । झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।
गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको छ भने केहीको करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।
यहाँ सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १२:५४