काठमाडौं (प्रस)– ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियानले रोजगारीको सिलसिलामा युएई पुगेका बम विनाकसूर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारीचालकका रूपमा पुगेका थिए । सोही क्रममा उनी जेल परेका हुन् । उनी निर्दाेष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।
कामको सिलसिलामा भारत पुगेका दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पु¥याएको अभियानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १४:४१