काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार २.६२ अंकले घटेको छ । साताको पहिलो कारोबार आइतबार बजार घट्दा सोमबार भने १७ अंकले बढेको थियो। यस्तै मंगलबार पुनः गिरावट आएको बजार बुधबार पनि निरन्तरता पायो।
बजार २ अंकले घट्दा समग्र बजार परिसूचक १८९७.०८ अंकमा झरेको छ। यस्तै (क) वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.३० प्रतिशतले घट्दा ३७०.१९ मा झरेको छ।
बजार घट्दा उप-सूचकतर्फ फाइनान्स ०.१२, होटेल तथा पर्यटन ०.७२, जलविद्युत ०.२८, लगानी ०.०८ तथा ०.२५ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
बजार घट्दा आज ७२ करोडको सेयर खरिद बिक्री भएको छ । बुधबार ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको २० लाख ८७ हजार ८७६ कित्ता सेयर १६ हजार ६७७ पटकमा खरिद बिक्री भएको छ ।
घट्दो बजारमा बुधबार कारोबार भएका ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस्तै सिवासी नेपाल लघुवित्त तथा इस्टर्न हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। यस्तै धौलागिरि लघुवित्त, रसुवागढी हाइड्रोपावर, खप्तड लघुवित्त लगायतका कम्पनीको उच्च कमाउनेमा परेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १६:०९