काठमाडाैं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले कम्पनीका आधारभुत शेयरधनी बाहेकको शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीले कारोबार खुलाउनको लागि मंसिर २१ गते नेप्सेमा आवेदन दिएको थियो ।
त्यस अनुसार नेप्सले आज मंसिर २८ गते शेयर कारोबार फुकुवा गरेको हो ।
धितोपत्र दर्ता गर्राका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बमोजिम मर्जर प्रकृयामा रहेका कम्प्नीको शेयर कारोबार रोक्का रहेको थियो ।
रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता भएर शेयर कारोबार रोक्का रहेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १८:३०