काठमाडाैं - कोरोनाबाट कुनै मृत्यु नभएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मङ्गलबार मध्यरात अर्थात २४ घण्टाको समयावधीमा देशभरी कोरोनाबाट कुनै पनि मृत्यु नभएको र १५२ कोरोनाका नयाँ सङ्क्रमित देखापरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको हाे ।
मार्च २०२० यता दक्षिण एसियाली भारतमा २४ घण्टाको अवधिमा महामारीका कारण कुनै पनि मृत्यु नभएको यो हाल तीन हजार आठ सय ४६ सक्रिय सङ्क्रमित रहेका सरकारद्वारा जारी तथ्याङ्कले जानकारी दिएको छ ।
कोरोनाको महामारीको शुरुवातदेखि हालसम्म कुल मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ३० हजार छ सय ५८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म भारतमा चार करोड ४१ लाख ४० हजार सातसय ४३ जना निको भएका छन् । बुधबारको तथ्याङक अनुसार हालसम्म देशभर ९० करोड ८० लाखभन्दा बढी कोभिड–१९ परीक्षण भइसकेको देखाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १८:४१