एजेन्सी– ताइवानको पूर्वी तटमा बिहीबार ६।२ म्याग्निच्युडको भूकम्प गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५।९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १३:११