काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३०० रूपैयाँ कायम भएको छ ।
बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रूपैयाँ निर्धारण भएको थियो । त्यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेर १ हजार ३८० रूपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रूपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १३:३३