काठमाडौं – आम निर्वाचन ०७९ अन्तर्गत ४० दलको प्रतिनिधिसभातर्फ समानुपातिकमा जमानत जफत भएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको होे। प्रतिनिधिसभामा ४७ दलले सहभागी जनाएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन-०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ १३:४८