काठमाडौं– राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतीमा चलचित्र ‘कीर्ति’को मंगलबार राजधानीमा एक कार्यक्रमबीच शुभमुहूर्त गरिएकाको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभमुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्गनाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरू रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, कलाकार सुदर्शन आचार्यलगायतका अतिथिहरू रहेका थिए । उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, कलाकार सावित्रा चिलुवाललगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर शुभमुहूर्त सम्पन्न गरेका थिए ।
चाँडै नै दार्जिलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र ‘कीर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्री, कलाकारहरू सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरि (काली बुढी) छनोट भएका र अन्य कलाकारहरू सिक्किमबाट नै अडिसनमार्फत छानिने निर्माता दावा गुरुङले बताए ।
चलचित्र ‘कीर्ति’का प्रस्तुतकर्ता नबिन पाख्रिन हुन भने निर्देशक राजु गिरि, निर्माता दावा गुरुङ, संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् । एक करोडभन्दा बेसीको लगानीमा निर्माण गर्न लागिएको चलचित्र ‘कीर्ति’को सम्पूर्ण छायांकन सिक्किम र दाजिर्लिङमा गरिने बताएइको छ ।