काठमाडाैं - देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पानी पर्ने सम्भावना नरहेकाे बताइएकाे छ ।
पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने उनले बताए ।
तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९ ०८:५२