काठमाडाैं - तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ ।
लामो समयदेखि कलेजो रोगबाट पिडित सिंहलाई कोषले २ लाख र परिषद्ले ३ लाख गरि नगद ५ लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी गराएका हुन् ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई ५ लाखको चेक बिहिबार हस्तारन्तरण गरे ।
कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भईरहेको छ । उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९ ०९:३८