एजेन्सी– अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्प लगत्तै परकम्पन गएको थियो ।भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ ११:०८