काठमाडौं– जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका थिए ।
भिट्टामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ १३:४५