एजेन्सी– अमेरिकामा एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय हुने भएको छ । क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा.लोकेश एस.तन्तुवायाले अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गरेको हुदा उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ । न्याय मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार डा।तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् ।
सन् २०१० देखि २०१३ सम्म डा।तन्तुवायाले लङ बीचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरेवापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकार अनुसार घुस रकम फरक फरक हुन्छ’, अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ १४:४७