सोलुखुम्बु- सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो ।
जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्लु, लुरा, तामाखानी र गार्मा एक सय ३०, काकु र खास्तावका ८०, हेवाका ५०, चारघरे, सालाबेँसी र तुम्बुकका एक सय ५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संस्थाका नेपाल संयोजक निमा शेर्पाले बताए।
गत मङ्सिर २५ गतेबाट सुरु भएको छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार सकिएको संस्थाले जनाएको छ ।
विगत लामो समयदेखि लोरेन नेपालले सोलुखुम्बुका विभिन्न क्षेत्रका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ ०९:०८