मुम्बई –आन्ध्र प्रदेशमा फिल्म ‘अवतार २’ हेर्न गएका एक फ्यानको हृदयाघातका कारण थिएटरमै मृत्यु भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ का कारण आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।उनी आफ्नो भाइ राजुसँग पेटापुरको एक थिएटरमा अवतार २ हेर्न गएका थिए। फिल्म अवतार २ हेर्दै गर्दा लक्ष्मीरेड्डी सीनुलाई अचानक हृदयघात भएको थियो ।
थिएटरमा ढलेपछि उनका भाइ राजुले उद्धार गरेर तत्कालै पेटापुरमको सरकारी अस्पतालमा लगेका थिए । त्यहाँ उनलाई चेकजाँच गरेका डाक्टरहरूले उनको हृदयघातका कारण निधन भइसकेको बताए । यो घटनाले त्यो क्षेत्रमा ठूलो सनसनी मच्चाएको छ।अवतार २ हेर्दै गर्दा हृदयाघातका कारण मृत्यु भएका लक्ष्मीरेड्डी सीनु विवाहित हुनुका सार्थै उनको एक छोरा र एक छोरी छन् । चिकित्सका अनुसार ‘ओभर एक्साइटेड’ का कारण उनको हृदयघात भएको बताए ।
अवतारको पहिलो भाग रिलिज हुँदा पनि यस्तै घटना घटेको थियो । सन् २०१० मा चलचित्र अवतार हेर्न गएका ताइवानका ४२ वर्षीय पुरुषलाई अचानक हृदयघात भएर मृत्यु भएको थियो । यो घटनाले मानिसहरूलाई ठूलो झटका दिएको समाचार एजेन्सीले जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ ११:४७