तेह्रथुम–१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिम नगरपालिका–३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १३:००