एजेन्सी– राष्ट्रपति इमानुएल म्याक्रोन एक हप्तामा दोस्रो पटक कतार प्रस्थान गर्न लागेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा हुने बताएका छन् ।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने भएका छन् ।
आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ ।उनले भने, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्वीटरमा लेखेका छन् ।
रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खोलाडी कोरोना भाइरसबाट प्रभावित भएको छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १३:२९