काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमबार विभिन्न देशको मुद्राको दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रूपैयाँ ३० पैसा र बिक्रीमा १३२ रूपैयाँ ९० पैसा तोकिएको छ ।
यरोपियन युरो ३७ पैसाले ओरालो लागेर यसको एकको खरिदमा १४० रूपैयाँ ३ पैसा र बिक्रीमा १४० रूपैयाँ ३३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८८ रूपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरेवियन रियाल एकको खरिददर ३५ रूपैयाँ १८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रूपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रूपैयाँ १० पैसा र बिक्रीमा १० रूपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिदमा १७ रूपैयाँ र बिक्रीमा १७ रूपैयाँ ७ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रूपैयाँ ९३ पैसा र बिक्रीमा ३५२ रूपैयाँ ५२ पैसा रहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ ११:०७