एजेन्सी– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय फुटबल टोलीलाई सान्त्वना दिएका छन् ।
फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेको ऐतिहासिक ह्याट्रिकले खेलमा पुनरागमन गरेपनि लियोनल मेस्सीको नेतृत्वमा रहेको टोली पेनाल्टी सुटआउटमा फ्रान्सेली टोलीलाई पराजित गर्न सफल भयो।
हारपछि निराश भएका एमबाप्पेलाई सान्त्वना दिन राष्ट्रपति इमानुएल मैदानमै पुगेरप्रयास गरे।
राष्ट्रपतिले फुटबल टोलीको ड्रेसिङ रुमबाट भिडियो पनि सेयर गरेका छन् जसमा उनी टोलीका सदस्यहरूसँग कुरा गरिरहेको देखिन्छ। उनले भिडियोको क्याप्सन लेखेका छन्, ‘फियर्स डे भोस’ जसको अर्थ –तपाईमा गर्व छ। उनी हारले पिरोलेको टोलीका सदस्यहरूसँग कुरा गरिरहेको देखिन्छ।
यसअघिको ट्विटमा उनले अर्जेन्टिनाको जितका लागि बधाई दिएका थिए र फ्रान्सेली खेलाडीहरूको लडाईको भावनाको प्रशंसा गरेका थिए। तपाईंले राष्ट्र र विश्वभरका समर्थकहरूलाई रोमाञ्चित गराउनुभयको छ , उनले भनेका थिए ।
फ्रान्सेली टोली हाफ टाइममा ०–२ ले पछि परेको थियो, तर दोस्रो हाफमा एम्बाप्पेले लगातार दुई गोल गरे। निर्धारित ९० मिनेटमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि मेस्सीले गोल गरे, जसलाई एम्बाप्पेले बराबरी खेल्दै शानदार पुनरागमन गर्दै खेललाई शुटआउटमा पुर्याएका थिए । शुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भयो।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १३:१८