काठमाडौं – प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ हुने भनिएको छ । संघीय संसद्र सचिवालयका अनुसार शपथ दिउसाको १ बजे हुने तयारी रहेको छ ।
गत मंसिर ४ मा सम्पन्न भएका निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथ हुन लागेको हो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १४:१८