काठमाडाैं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभन्दा बाहिर जाने सोच्दा समेत नसोचिएको बताएका छन् ।
निर्वाचित सांसदहरूलाई शुभकामना दिने कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनबाटै समझदारी बनाएर जाने बताएका हुन् ।
अहिले गठबन्धनभन्दा बाहिरबाट सरकार बन्ने स्थिति नभएको नेपालले बताएका छन् । अहिले सत्ता गठबन्धनभन्दा बाहिर सोच्न नहुँने उनले बताए ।
यहीँ गठबन्धनबाटै देशको नेतृत्व गर्ने समझदारी बनाउनुपर्ने नेपालको भनाई छ ।
सत्ता गठबन्धनको बैठक बसेर प्याकेजमा सहमति गरेर अघि बढिने नेपालले बताए ।
संसद्को गरिमालाई जोगाउँदा जनताका मुद्दामा केन्द्रित भई काम गर्न आग्रह उनले निर्वाचित सांसदहरूलाई बताए ।
क
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १७:३४